underline

फुटबल

Underline

Share:

फुटबल

मलाई मनपर्ने खेलकुद फुटबल हो । फुटबलमा ११/११ जनाको दुईवटा समूह हुन्छन् । दुवै पट्टि एकएक जना गोलकिपर हुन्छन् । मलाई सबैभन्दा मन पर्ने फुटबल खेलाडी लियोनेल मेस्सी हो। मलाई मन पर्ने नेपाली खेलाडी अनिल गुरुङ हो । उहाँले मलाई फुटबल खेल्न सिकाउनुभएको थियो। उहाँ नेपालको पूर्व कप्तान हुनुहुन्छ। मैले कहिलेकाहीँ राति बसेर पनि फुटबल हेर्छु । मलाई फुटबल धेरै मन पर्छ। फुटबल खेलेपछि हाम्रो शरीर स्वस्थ बन्छ। म हरेक आइतबार फुटबल खेल्न जान्छु। म बुद्धि विकास खेल मैदानमा फुटबल खेल्छु। त्यहाँ धेरै मानिसहरू फुटबल खेल्न आउँछन् । मलाई साथीहरूसँग फुटबल खेल्न मन पर्छ । म विद्यालयमा पनि साथीहरुसँग मिलेर फुटबल खेल्ने गर्दछु।

0 reads

Published on 8/25/2026

Image

Sanskaar Marasini Pradhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sanskaar Marasini Pradhan

Grade 5

Roll No: 34048

18

More Articles from

Student

Underline