स्वस्थ रहने उपायहरू
हामी स्वस्थ रहन विभिन्न काम गर्नुपर्छ। हामी स्वस्थ रहेनौँ भने हामीलाई विभिन्न किसिमका रोगहरू लाग्दछन् । जस्तैः निमोनिया, रुघाखोकी, ज्वरो, हैजा आदि । स्वस्थ रहने विभिन्न उपायहरू छन् । हामी समयमा सुत्नुपर्छ । हामी समयमा उठ्नुपर्छ। हामीले स्वस्थ र ताजा खानेकुरा खानुपर्छ । हामीले दिनहुँ योग गर्नुपर्छ । हामीले समय मिलाएर एकछिन खेलहरू खेल्नुपर्छ । हामीले दिनदिनै नुहाउनुपर्छ। हामीले दिनमा दुईपटक दाँत माझ्नुपर्छ। हामीले आफ्नो कोठा र घर सफा राख्नुपर्छ। हामीले आफ्नो घर आँगन मात्र नभई टोल पनि सफा राख्नुपर्छ । साबुन पानीले मिचीमिची हात धुनुपर्छ। हामीले मोबाइल र ल्यापटप जस्ता कुराहरू कम हेर्नुपर्छ ।
0 reads
Published on 12/26/2025
Sanskaar Marasini Pradhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sanskaar Marasini Pradhan
Grade 4
Roll No: 34048
16
More Articles from
Student
