underline

पदयात्रा

Underline

Share:

शनिबारकाे दिन म मेरा काकासँग पदयात्रा गएकाे थिएँ । त्याे दिन म बिहान ७ बजे उठेर मुख धाेएँ र सहज कपडा र

जुत्ता लाएँ । ८ः३० मा बिहानीकाे खाजा खाएँ र काकाकाे घरमा गएँ । काकाकाे घर पुग्दा ८ः ५० भएकाे थियाे । म काकाकाे घरमा जाँदा खाना पाकिरहेकाे थियाे । मैले काकासँग एकछिन क्रिकेट म्याच पनि हेरेँ । हेर्दाहेर्दै खाना खाने बेला भइसकेकाे थियाे । ९ः३० मा हामीले खाना खायाैँ र ललितपुर भारद्वाजमा लाग्याैँ । हामी भिनाजुकाे घरमा गयाैँ र एकछिन आराम गयाैँ । हामीले दिउँसाे दुई बजेसम्म पदयात्रा गर्याैँ । पदयात्रा गर्दा हामीले खाेला पनि तर्याैँ ।

फर्कँदा चारओटा कुखुरा पनि ल्यायाैँ । हामी फर्किने समयमा ३ः३० बजेकाे थियाे भने घर पुग्दा ५ः३० बजेकाे थियाे । शनिबारकाे मेराे पदयात्रा असाध्यै रमाइलाे भयाे ।

1 reads

Published on 2/6/2026

Image

Siddhartha Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Siddhartha Aryal

Grade 5

Roll No: 33066

6

More Articles from

Student

Underline