मानिसको जीवनमा जन्मदेखि मृत्युसम्मका संस्कारहरू
बच्चा जन्मेको छैटौँ दिनको दिन छैटी गरिन्छ । त्यसदिन साँझपख बत्ती बालेर बच्चाको पूजा गरिन्छ । यस्तो काम गरेमा बच्चा भाग्यमानी हुन्छ भन्ने विश्वास पनि रहिआएको छ । बच्चा जन्मेको एघार दिनमा न्वारन गरिन्छ । त्यसदिन बच्चाको नाम राख्ने काम हुन्छ । मानिस जन्मेको छैटाैँ महिनामा पास्नी हुन्छ । त्यसदिन बच्चाले पहिलोपटक भात खान्छ । छोरी ठूली भएपछि गुन्यु चोलो लगाउनुपर्ने कारणले गुन्युचोली दिन्छन् र आशीर्वाद पनि दिन्छन् । छोरा अलिa ठुलो भएपछि व्रतबन्ध गर्ने चलन छ । त्यसदिन जसको व्रतबन्ध हुन्छ उसले कपाल मुण्डन गरी जनै लगाउने काम हुन्छ र त्यसको लागि भव्य तरिकाले पूजा पनि गरिन्छ । केटाहरूले व्रतबन्ध नगर्दासम्म विवाह गर्नुहुँदैन भन्ने चलन पनि रहेको छ। जब केटाकेटी २० वर्षको उमेरभन्दा माथि लाग्छन् त्यसपछाडि विवाह गर्ने चलन छ । जब मानिस ८४ वर्षको हुन्छ त्यसपछाडि चौरासी पूजा गर्ने भन्ने चलन छ । ८४ पूजाको बेलामा मानिसले ८४ जना बाहुन, कलश, बत्ती, लगायत सबै प्रकारका सामग्रीहरू ८४ वटा नै तयार गर्छन् र पूजा गरेर पैसामा जोखिने चलन पनि छ । जब मानिसको मृत्यु हुन्छ त्यसलाई अन्त्यष्टि पनि भनिन्छ । अन्त्येष्टि गरिसकेपछि उनीहरूका छोराछोरीले श्राद्ध कर्म गर्ने काम गर्छन् ।
0 reads
Published on 10/20/2020
Shreevaani Dhungel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreevaani Dhungel
Grade 4
Roll No: 2028054
6