underline

राष्ट्रको स्थिति

Underline

Share:

फेर्दैँ गए सत्ताका शासन,

दिँदै गए केवल भाषण,

जनताको घरमा थिएन रासन,

नेताले सजाए आफ्नै आसन।

राजा पनि देख्याैँ हामीले,

राणा पनि भोग्यौँ हामीले,

गणतन्त्र प्रजातन्त्र आए पनि

चित्त बुझाएनन् कसैले।

पदमा छन् थोरै मात्र सक्षम,

थोरैले गरे देशको विकास;

बाँकीले गरे आश्वासन

फेरि भयो जनतामा निराश।

नेपाल आमाले आज

पसिना र रगत हाम्रो माग्दै छिन्;

नेपाली सपुत भनिने धेरै

विदेसिँदा आमा एक्लै रुन्दै छिन्।

क्रान्ति उठ्दा, अभियान चल्दा

राष्ट्रभरि आतङ् क छाउँछ;

धेरै यस्तै बलिदानका कारण

नयाँ इतिहास बन्छ, देश उठ्छ।

देश विकासको बाटोमा

जनताले नै अघि बढ्नुपर्छ;

अहिलेसम्म मौन बसेकाले पनि

एकजुट भएर रणमैदान झर्नुपर्छ।

9 reads

Published on 12/12/2025

Image

Mohit Tamang is a student at Deerwalk Sifal school who loves reading, exploring topics and engaging in outer activities.

Mohit Tamang

Grade 11

Roll No: 27067

1