नेपाल, प्रकृति र विकास
नेपाल प्राकृतिक सुन्दरता र सम्पदाले भरिएको राष्ट्र हो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्तर हिमालदेखि दक्षिण तराईँसम्मका देशका प्राकृतिक गहनाले देशलाई समृद्ध बनाएका छन् । राष्ट्रकाे विकासका लागि यिनै गहनाले योगदान पुर्याउँछन् । प्रकृतिलाई नै राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति मान्न सकिन्छ। प्रकृतिले समाज एवं मानिसलाई चाहिने सबै आवश्यकताको पूर्ति गर्दछ। साँच्चै भन्नुपर्दा राष्ट्रमा प्रकृति स्वास्थ्य हुँदा मात्रै यहाँ विकास र उन्नति हुँदै जान्छ।
नेपालमा प्राकृतिक सम्पदाको कमी नै छैन र यहाँको प्रकृतिले नै यो देशलाई चिनाएको छ। यहाँको प्रकृतिले समाजमा विकास ल्याउन महत्त्वपूर्ण योगदानहरू दिएका छ। यही प्रकृतिले नै मानिस तथा पशुपंक्षीलाई खान र बस्न दिएको छ। यहाँको प्रकृति माथि धेरै विदेशी शक्तिहरूले आँखा गाडेका थिए र अझै पनि गाडिरहेका छन् । यस प्रकृतिका लागि विभिन्न युद्धहरू पनि लडियो। हाम्रो प्रकृति स्वच्छ र स्वास्थ्य हुँदा मात्रै हामीले विकास गर्न सक्छौँ। प्रकृति विकासको एउटा महत्त्वपूर्ण पूर्वाधार हो। प्रकृति रहँदा नै निरन्तर विकास दिगो र तीव्र रुपमा अघि बढ्दछ। राष्ट्रिय तथा समाजका लागि महत्त्वपूर्ण आवश्यकताको पूर्तिका लागि पनि प्रकृतिकै ठूलो भूमिका रहेको हुन्छ।
देश विकासका प्रकृतिको महत्त्व अतुलनीय छ तर यस प्रकृतिको संरक्षण आवश्यक रहेको छ। प्रकृतिको संरक्षण नहुँदा राष्ट्रले विभिन्न समस्याहरू झेल्नुपर्दछ। प्रकृतिको संरक्षण तथा उचित सदुपयोग नहुँदा विकास स्थगित हुन्छ। राष्ट्रमा विकास हुँदैन र विकास नहुँदा राष्ट्रमा विभिन्न सङ्कटहरू देखा पर्दछन्। विकास नहुने राष्ट्र बिस्तारै अन्त्यतर्फ लाग्दछ। यसको एउटा उदाहरण संयुक्त राष्ट्र अमेरिका हो, त्यहाँ औद्योगिकीकरण हुँदै गर्दा प्रकृतिको नाश भएको थियो। जसकारण विकासमा नराम्रो असर परेको थियो तर उनीहरूले विभिन्न प्रकृति संरक्षणका कार्यक्रम आयोजना गरी पुनः दिगो रुपमा विकास गर्न थालेका हुन्। त्यसैले हामीले प्रकृतिको नाश हुन दिनु हुँदैन। तसर्थ हामीले प्रकृतिको विकास गर्नुपर्दछ।
त्यसैकारण, नेपालले पनि केही साल अगाडिदेखि प्रकृतिको संरक्षणमा जोड दिएकाे पुर्याएको छ। नेपालमा वन्यजन्तु संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज आदि धेरै संरक्षण क्षेत्रहरूको निर्माण भएको छ। यी क्षेत्रहरूमा विभिन्न जातिका पशुपंक्षी, माछा तथा बोट बिरुवाको रेखदेख र स्यारसुसार गरिएको छ। यस क्षेत्रमा पशुपंक्षीलाई हानि पुर्याउन र वन फाड्न पाइँदैन। यी क्षेत्रहरू २४ घण्टै नेपाल आर्मीको निगरानीमा हुन्छन्। यसरी प्रकृतिको संरक्षण गर्दा राष्ट्र सुन्दर हुन्छ विकास भइरहन्छ। प्रकृतिले राष्ट्रलाई सामाजिक, आर्थिक तथा प्राकृतिक साैन्दर्यका रूपमा धनी र आकर्षक बनाउँछ। नेपालको मुख्य आयस्रोत भनेको प्रकृति नै हाे। प्रकृतिका कारणले नेपालको आर्थिक स्थिति स्थिर हुन्छ। यसरी नेपाल तथा नेपाली जनता आर्थिक रुपमा सुखी र समृद्ध रहन सक्छन् र नेपालको विकास हुँदछ। नेपालमा प्रकृति हुँदा नै अहिलेसम्म विकास भएको हो।
सरल र सहज भाषामा भन्नुपर्दा, प्रकृतिको कारणले राष्ट्रमा विकास हुन्छ र नेपालमा विकास हुनको एउटा महत्त्वपूर्ण कारण नै नेपालको प्रकृति हो। प्रकृति रहँदा नै राष्ट्रकाे समाजिक आर्थिक विकासमा टेवा पुग्छ। प्रकृति संरक्षण हुँदा नै दिगो र तीव्र विकास गर्न सकिन्छ तर प्रकृति स्वास्थ्य नहुँदा विकासको क्रममा बिराम लाग्दछ। त्यसैकारण, प्रकृतिको संरक्षण गर्न धेरैभन्दा धेरै महत्त्वपूर्ण रहेको छ।
0 reads
Published on 12/22/2025
Mohit Tamang is a student at Deerwalk Sifal school who loves reading, exploring topics and engaging in outer activities.
Mohit Tamang
Grade 11
Roll No: 27067
3
More Articles from
Student