underline

गाई

Underline

Share:

गाई घरपालुवा जनावर हो । गाई नेपालको राष्ट्रिय जनावर हो। गाईका दुईवटा आँखा, दुईवटा कान, लामो पुच्छर, दुईवटा सिङ र चारवटा खुट्टा हुन्छन् । गाईले घाँसपात र पराल खान्छ । गाई शाकाहारी जनावर हो। गाईको रङ सेतो, खैरो, कालो आदि हुन्छ। गाई एक सरल, शान्त र कोमल प्राणी हो। हामीले गाईलाई पूजा पनि गर्छौँ। तिहारमा माला लगाएर खान दिन्छौँ। गाईले हामीलाई दुध दिन्छ। दुधमा प्रशस्त मात्रामा पौष्टिकता हुन्छ। गाईको दुधमा धेरै राेग निको पार्ने र रोग लाग्न नदिने तत्त्वहरू हुन्छन् । गाईको गोबर मल उत्पादनमा र घर लिप्न प्रयोग गरिन्छ। गाई हामी सबैको लागि उपयोगी जनावर हो। त्यसैले हामीले गाईलाई धेरै माया गर्नुपर्छ। मलाई गाई धेरै मन पर्छ ।

0 reads

Published on 12/31/2025

Image

Bivansh Khatiwada is a student at Deerwalk Sifal School. He loves playing games and visiting new places.

Bivansh Khatiwada

Grade 1

Roll No: 37011

5

More Articles from

Student

Underline