नेपालको संविधान र तेस्रो लिङ्गी अधिकार
नेपालको संविधान र तेस्रो लिङ्गी अधिकार
नेपालको संविधानले तेस्रो लिङ्गी समुदायलाई कानुनी मान्यता दिँदै समान अधिकारको ढोका खोलेको छ। यसले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको राजनीतिक सहभागिता र सामाजिक न्यायको मार्ग प्रशस्त गरेको छ। नेपालमा करिब बीस वर्षको कानुनी लडाइँ पछि, सन् २००७ मा नेपाल सरकारले र समाजले तेस्रो लिङ्गका सदस्यहरूलाई समुदायमा स्वीकार्याे र स्वागत गर्याे । करिब नोभेम्बर २०२३ मा समान लिङ्ग विवाहको वैधता भएको र नेपालमा पहिलो विवाह दर्ता गरिएको जसमा एक ट्रान्सजेन्डर महिला र एक सिसजेन्डर पुरुष थिए।
यसलाई समलिङ्गी विवाह भनेर मानिएको थियो किनभने महिलाको कागजातहरूले उनलाई अझै पुरुषको रूपमा चिनिन्थ्याे तर त्यो मात्र एउटा बहाना थियो भन्नका लागि कि ट्रान्सफोबिया नेपालमा होमोफोबिया भन्दा धेरै देखिन्छ । यो उस्तै लिङ्गको विवाह भनेर मानिनु हुँदैन किनभने स्पष्ट रूपमा महिला अब पुरुषको रूपमा चिन्तित छैनन् तर कसैले त्यस्तो कुरा ध्यानमा राखेन र यसलाई पहिलो एउटै लिङ्गको विवाह भनेर घाेषणा गरेको थियो ।
मुलुकी नागरिक संहिता अझै विवाहलाई पुरुष र महिलाबिच भएकाे विवाहकाे रूपमा परिभाषित गर्छ। कानुनी संरचना अझै विकासको क्रममा छ र सर्वोच्च अदालतबाट अन्तिम फैसला अपेक्षित छ। नेपाल सबैभन्दा खुला विचार भएका देश नहुन सक्छ तर तिनीहरू पक्कै पनि साँघुरो विचार भएका होइनन् । तेस्रो लिङ्गअधिकारको सन्दर्भमा नेपाललाई दक्षिण एसियाका सबैभन्दा अग्रगामी देशहरूमध्ये एकको रूपमा मानिन्छ, समान-लिङ्ग सम्बन्धहरूको कानुनी मान्यता र समुदायको बढ्दो स्वीकृतिसहित नेपालले तेस्रो लिङ्गका व्यक्तिहरूका अधिकारको पहिचानमा महत्त्वपूर्ण प्रगति गरेको छ । विशेष गरी समानता र भेदभावरहित वातावरणलाई प्रवर्द्धन गर्ने महान्यायालयको निर्णय र संवैधानिक व्यवस्था मार्फत।
हालका वर्षहरूमा, तेस्रो लिङ्गीको अधिकारको कानुनी मान्यतामा उल्लेखनीय प्रगति भएको छ। उदाहरणका लागि, हालैको सर्वोच्च अदालतको फैसलाअनुसार ट्रान्स्जेन्डर महिला रुक्शना कपालीलाई सबै आधिकारिक कागजातहरूमा महिलाकाे रूपमा मान्यता दिइयो, चिकित्सकीय प्रमाणको आवश्यकता बिना नै आउँदा दिनहरूमा नेपालमा महत्त्वपूर्ण परिवर्तन हुने छ किनभने ३७ वर्षीया कार्यकर्ता भूमिका श्रेष्ठ भर्खरै नेपालकी पहिलो ट्रान्स्जेन्डर महिला संसद बनिन् । ३७ वर्षीय तेस्रो लिङ्गी अधिकारका अभियन्ताले एएफपीसँग आफ्ना मिश्रित भावनाहरू साझा गर्दै भनिन्, "म अत्यन्त उत्साहित छु र मेरो काँधमा जिम्मेवारी महसुस पनि गर्छु "नेपालले आफ्नो राजनीतिक इतिहासमा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्याे । मार्च २०२६ मा देशले आफ्नो पहिलो ट्रान्स्जेन्डर महिलालाई सङ्घीय संसदमा स्वागत गर्याे ।
भूमिका श्रेष्ठको मूल नाम कैलाश श्रेष्ठ थियो र जन्म अघि उनलाई पुरुषको रुपमा वर्गीकृत गरिएको थियो तर उनको जीवनभरका क्रियाकलापहरू नोटिस गरिन्थ्यो, समाजले प्रायः यसलाई एक अस्थायी अवस्था भनेर हेर्थ्यो जुन परिपक्वतासँगै बितेकाे थियो। परिवारका सदस्य र छिमेकीहरूले उनलाई पुरुषकाे व्यवहार गर्न प्रोत्साहन गर्थे । उनले आफ्नो बाल्यकाल र किशोरावस्थामा भ्रम, अपराधबोध, दुर्व्यवहार र सामाजिक बहिष्कार अनुभव गरिन् । यी सबै दुःखको कारण, सबै उनको लिङ्ग पहिचानको कारण हो, उनी त्यस्ता मानिसहरूका लागि बोल्ने निर्णय गरिन् जो उही पीडामा छन् । भूमिका १८ वर्षसम्म पुरुषको पहिचानमा बाँचिन् यद्यपि भित्रभित्रै आफूलाई महिला जस्तो महसुस गर्थिन् । उनी चाहन्छिन् कि तेस्रो लिङ्गका अन्य मानिसहरूले आफूले भोग्नु परेको पीडा भाेग्न नपराेस् । केवल, तेस्रो लिङ्गीकाे अधिकारको लागि लामो समय आन्दोलन गरेपछि उहाँ नेपालकाे पहिलो ट्रान्स्जेन्डर महिला संसद बन्नु भएको छ । उनको कथा युवा ट्रान्स्जेन्डर व्यक्तिहरूलाई आफ्नो पहिचानमा डर बिना प्रोत्साहित गर्छ ।
भुमिका श्रेष्ठप्रति अपेक्षाहरू अझै उच्च छन् किनभने फेरि उनी युवाहरूका तेस्रो लिङ्गीका सदस्यहरूको आशा र विश्वास हुन् । भूमिका श्रेष्ठ केवल आफ्नै लागि मात्रै बोल्दै आएकी छैनन्, उनी एक अल्पसङ्ख्यक समुदायको समर्थन गरिरहेकी छन्, जुन प्रायः भेदभावको शिकार हुन्छ । अन्तमा हामी सबै मानिस हौँ होइन र ? उनीहरू केवल आफ्नो जीवन बाँचिरहेका छन्, अपराध गरिरहेका होइनन् । अनुभव गर्छन्, जसको आफ्नै जीवन छ, जसको आफ्नै समस्याहरू छन्, जो हरेककाे आफ्नो तरिकाले अनौठो छन् ।
0 reads
Published on 6/18/2026
Pritha Khanal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Pritha Khanal
Grade 9
Roll No: 30022
4