underline

मुस्कान

Underline

Share:

मुस्कानले जीवन उज्यालो बनाउँछ

मुस्कान एउटा मानिसको हतियार हो

मुस्कानले जीवन सहज बनाउँछ

तिमी कति लुक्छौ मुस्कानबाट ?

यही मुस्कान देख्ने दिनमा

यही मुस्कान देख्ने रातमा

कति भाग्छौ तिमी ?

डरले मुस्कानलाई आउन दिँदैन तिम्रो ?

हाँस्नुको डर के हो यो ?

तिमी आफूलाई मुस्कानबाट किन लुकाउँछौ ?

अरू आफ्नो अाेठमा मन्द मुस्कान देखाउँछन्

तिमी भाग्याै सबैको मुस्कानबाट ।

आजकल मुस्कान देखिँदैन

तर, कसरी मुस्कानबाट डराउने मान्छेको अगाडि हाँस्नु ?

तिमी मुस्कान हेर्न मन छ भन्छौ

तर, कसरी मुस्कान देख्छौ अब ?

तिम्रो मुस्कान मरेकोमा मेरो मुटु अझ धेरै दुख्छ

मुस्कानमा तिमीलाई एक चोटी फेरि देख्न चाहन्छु

अतिअन्तर दुःख महसुस गर्यौ होला तिमीले

एक चोटी फेरि मलाई तिम्रो मुस्कान हेर्नु छ

एक चोटी फेरि मलाई तिम्रो हाँसो सुन्नु छ ।

2 reads

Published on 9/3/2026

Image

Pritha Khanal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Pritha Khanal

Grade 9

Roll No: 30022

4

More Articles from

Student

Underline