मेरो मामाघर
मेरो मामाघर
मलाई मेरो मामाघर धेरै मन पर्छ। मेरा दुईजना मामाहरू हुनुहुन्छ साथै मेरा दुईजना दाइहरू पनि हुनुहुन्छ। हजुरबुबा र हजुरआमाले मलाई धेरै माया गर्नुहुन्छ। म बिदाको समयमा धापाखेलमा रहेको मामाघर जान्छु। त्यहाँ गएर म दाइहरूसँग खेल्छु र टिभी पनि हेर्छु। हामी सबै मिलेर धेरै रमाइलो गर्छौँ। मामाघरमा बस्दा मलाई निकै आनन्द लाग्छ तर कहिलेकाहीँ घरको याद पनि आउँछ। त्यसैले मेरो मामाघर मेरो लागि धेरै प्यारो ठाउँ हो।
9 reads
Published on 6/18/2026
Yuvan Chandra Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yuvan Chandra Shrestha
Grade 3
Roll No: 36039
5
More Articles from
Student