underline

प्यारो देश

Underline

Share:

नेपाल हाम्रो प्यारो देश,

पहाड, तराई, हिमाल धेरै विशेष।

हरियाली जङ्गलमा नदी बग्छन्,

सुन्दर ठाउँमा सकल मन रमाउँछन् ।

सगरमाथा अग्लो हिमाल,

हावाले बनाउँछ सुमधुर पल।

पशुपति हाम्राे आस्थाकाे धराेहर

छरिएका छन् सुन्दर सहर ।

गाउँमा छ मेलो, सहरमा झिलिमिली,

सबै काम गर्छाैँ मिलीजुली।

दाल, भात, गुन्द्रुकको स्वाद,

अतिथिले सँगाल्छन् याद ।

नेवारी, थारु, मगरको नाच,

साथीभाइ मिलेर कम्मर भाँच।

दसैँ तिहारको रमाइलो मेला,

मनाउछौँ खुसी, भेटघाटकाे बेला।

नेपाल हाम्रो सानो संसार,

यहाँ छ मायाले भरिएको प्यार।

म मर्छुआफ्नै प्याराे माटोमा,

मेरो दिल सधैँ हुन्छ साँघुराे बाटाेमा ।

12 reads

Published on 12/10/2025

Image

Atharva Paudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Atharva Paudel

Grade 11

Roll No: 27041

1