भगवान बुद्धको जन्मदिनको उपलक्ष्यमा मनाइने पवित्र चाड हो । यो चाड प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन भगवान बुद्धको सम्मान स्वरूप मनाइने गरिन्छ । बुद्ध जयन्ती धेरैजसो बुद्ध धर्मावलम्बीहरूले मनाउन गर्दछन् । गौतम बुद्धको जन्म राजा शुद्धोधन र महारानी मायादेवीको पुत्रको रूपमा नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा भएको थियो। मायादेवी माइत जाने क्रममा एउटा रुखको फेदमा बुद्धको जन्म भएको थियो। उनको जन्मपछि आमाको मृत्यु भएकोले उनको हेरचाह उनकी सानी आमाले गर्नुभएको थियो । उनी बाल्यकालदेखि नै अति शान्त र दयालु स्वभावका थिए । उनको नाम सिद्धार्थ गौतम राखिएको थियो । बुद्ध धर्मका अनुयायीहरूका लागि लुम्बिनी, बोधगया आदि महत्त्वपूर्ण तीर्थस्थलहरू हुन् । काठमाडौँमा रहेको बौद्धनाथ र स्वयम्भूनाथलाई पनि पवित्र तीर्थस्थल मानिन्छ। वैशाख पूर्णिमाको दिन यी तीर्थस्थलहरूमा धेरै ठाउँबाट तीर्थयात्रीहरू आउने गर्दछन् । यो दिन बुद्ध भगवानको पूजापाठ, मन्त्र जप, दान धर्म गर्ने, अशक्तहरूलाई खाना दिने आदि पनि गरिन्छ । गौतम बुद्धले धेरै ठाउँमा तपस्या गर्दै हिँड्थे । उनले बोधगयामा गई कठोर तपस्या गर्दागर्दै वैशाख पूर्णिमाकै दिन महाज्ञान प्राप्त गरेका थिए। उनले आफूलाई प्राप्त भएको महाज्ञान ठाउँ ठाउँमा गई बाँड्न थाले। हामीले पनि बुद्धका शिक्षा र उपदेशलाई अनुसरण गर्नुपर्छ।