फूल टिप्ने हैन साथी

फूल रोप्ने गर ।

बिरुवा भाँच्ने होइन साथी

बिरुवा रोप्ने गर ।

बिरुवा रोपे गर्मीमा

शीतल पनि दिन्छ ।

ताजा ताजा खानेकुरा

बोटबिरुवाले दिन्छ ।