तिहार
तिहार पाँच दिन मनाइने चाड हो । जसलाई यमपञ्चक पनि भनिन्छ । तिहारमा भाइटीका गरेर देउसी भैलो खेलेर, दियोबत्तीहरू बालेर झिलिमिली बनाउने चाड हो । पहिलो दिन काग तिहार हो जसमा कागको पूजा गरिन्छ। दोस्रो दिन कुकुर तिहार हो । जसमा कुकुरलाई पूजा गरिन्छ । तेस्रो दिन बिहान गाईको पूजा गरिन्छ र बेलुका लक्ष्मीको पूजा गरिन्छ । घरका झ्याल, ढोका र आँगनमा दियो बालिन्छ । चौथो दिन गोरु पूजा गरिन्छ । यो दिन नेवार समुदायमा म्ह पूजा गरिन्छ। पाँचौँ दिन दिदीबहिनीहरूले दाजुभाइहरूलाई रङ्गीचङ्गी टीका लगाइदिन्छन् । दाजुभाइहरूले उपहार दिन्छन् । तिहारलाई उज्यालो र भाइबहिनी बिचको सम्बन्ध प्रगाढ हुने चाड पनि भनिन्छ ।
1 reads
Published on 11/14/2025
Urav Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Urav Basnet
Grade 3
Roll No: 35027
4
More Articles from
Student