मलाई मन पर्ने जनावर
मलाई मन पर्ने जनावर कुकुर हो । कुकुर साथी जस्तै हुन्छ । कुकुरका चारवटा खुट्टा हुन्छन् । कुकुरका तिखा दाँत हुन्छन् । कुकुरका दुईवटा आँखा र दुईवटा कान हुन्छन् । कुकुरको एउटा नाक र एउटा पुच्छर हुन्छ । कुकुरले घरको रक्षा गर्छ । कुकुरले चोरलाई घरबाट भगाउन मद्दत गर्छ । कुकुर चलाख जनावर हो । कुकुर घरपालुवा जनावर हो ।
1 reads
Published on 1/6/2026
Urav Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Urav Basnet
Grade 3
Roll No: 35027
4
More Articles from
Student