मेरो दैनिकी
मेरो दैनिकी
मेरो नाम सायाेमी राई हो । म सात वर्षकी भएँ । म कक्षा दुईमा पढ्छु । म मेरो घर काठमाडौँकाे चाबहिलमा छ । मेरो स्कुलको नाम सिफल स्कुल हो । मेरो मन पर्ने रङ गुलाबी हो । मेराे मन पर्ने खानेकुराहरू दाल, भात, अन्डा, मासु, स्याउ, आँप, केरा आदि हुन् । मेराे मन पर्ने खेल रुमाल लुकाइ हो । म बिहान ६ः३० मा उठ्छु । म उठेपछि मुख धुन्छु, दाँत माझ्छु, त्यसपछि स्कुल जानलाई तयार हुन्छु र स्कुल जान्छु। स्कुलमा गएपछि एकछिन खेल्छु । त्यसपछि हाम्रो कक्षामा विभिन्न पढाइ सुरू हुन्छ । बिचबिचमा खाना खाने, खाजा खाने, शौचालय जाने र खेल्ने समय पनि हुन्छ । हामीलाई शिक्षकहरूले खेलाउँदै, नजानेका कुरा सिकाउँदै रमाइलो तरिकाले पढाउनुहुन्छ । हामीलाई थाहा पनि हुन्न कि कसरी कति छिटो घर जाने समय भइसकेछ । त्यसपछि म घर आउँछु । घर आएर खाजा खान्छु । गृहकार्य गर्छु । त्यसपछि म खेल्छु । एकछिन टिभी हेर्छु अनि मेरो सुत्ने बेला हुन्छ । यसरी नै मेरो हप्ताको पाँच दिन बित्छ । शनिबार र आइतबार म परिवारसँग बाहिर घुम्न जान्छु । सामानहरू किन्न जान्छु र आफन्तहरूलाई भेट्न उहाँहरूको घर जान्छु ।
0 reads
Published on 6/24/2026
Sayomi Rai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sayomi Rai
Grade 3
Roll No: 36030
8