प्राकृतिक विज्ञान सङ्ग्रहालय भ्रमण
म र मेरा साथीहरू काठमाडौँको स्वयम्भूनाथस्थित प्राकृतिक विज्ञान सङ्ग्रहालय भ्रमण गर्न गएका थियौँ। शिक्षिका र दिदीहरू पनि हामीसँगै हुनुहुन्थ्यो। यो ठाउँ धेरै राम्रो र रमाइलो थियो। त्यहाँ धेरै जनावर, चराचुरुङ्गी, पुतली र किराहरूका नमुना राखिएका थिए। मैले बाघ, चरा, सर्प, गोही, पुतली, मृग, माछा र जरायोको सिङ देखेँ। सङ्ग्रहालयबाहिर सुन्दर फूलबारी पनि थियो। त्यहाँको वातावरण सफा र शान्त थियो। त्यहाँ जनावर र प्रकृतिको बारेमा धेरै जानकारी लेखिएको थियो। मैले वातावरण सफा राख्नुपर्छ र जनावरहरूको रक्षा गर्नुपर्छ भन्ने कुरा सिकेँ। भ्रमणमा मैले साथीहरूसँग धेरै रमाइलो गरेँ।
0 reads
Published on 9/1/2026
Shivankit Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Shivankit Thapa
Grade 2
Roll No: 37017
3
More Articles from
Student