underline

पहाडको काखमा उम्रिएको सपना

Underline

Share:

पहाडको काखमा बसेको सानो गाउँ थियो सिरुबारी। त्यो गाउँमा बिहान सबेरै कुखुराको डाक र हावासँगै बग्ने धुवाँले दिन सुरु हुन्थ्यो। त्यही गाउँमा सीता जन्मेकी थिई। उसले आँखा खोलेदेखि नै पहाड, खोल्सा र हरियो डाडाहरूलाई आफ्नो साथी बनाएकी थिई।

सिताका बुबा किसान हुनुहुन्थ्यो। आमाले बिहानदेखि साँझसम्म घर र खेतको काम गर्दै हुन्थिन्। परिवारको आर्थिक अवस्था खासै राम्रो थिएन तर मायामा कुनै कमी थिएन। सिता सानैदेखि पढ्न धेरै मन पराउथी। स्कुलको सानो पुस्तकालय उसलाई संसारकै सबैभन्दा ठुलो ठाउँ जस्तो लाग्थ्यो। किताब खोल्दा ऊ आफूलाई गाउँभन्दा टाढा पुगेको महसुस गर्थी।

सपना देख्नु सजिलो थिएन। जब सीता दस कक्षामा पुगी तब धेरै केटीहरू पढाइ छोड्थे। कोही बिहे गर्थे र कोही घरको काममै बस्नुपर्थ्यो। गाउँमा अझै पनि केटीले धेरै पढेर के गर्छन् ? भन्ने सोच थियो। सीता पनि यही प्रस्नले घेरिएको थिई।

एक दिन साझ उसले बुबालाई भनी, “बुबा म अझै पढ्न चाहन्छु। म शिक्षक बन्न चाहन्छु।”

बुबा केही समय चुप लाग्नुभयो। बाहिर पहाडमाथि घाम अस्ताउदै थियो। उहाँले भन्नुभयो, “छोरी इच्छा राम्रो हो तर खर्च कसरी चल्छ ?”

त्यो रात सीता राम्ररी सुत्न सकिन। उसले धेरै सोचिरही। भोलिपल्टदेखि उसले साना बच्चाहरूलाई ट्युसन पढाउन सुरु गरी। ट्युसन पढाएर उसले अलि अलि पैसा जम्मा गर्न थाली। आमाले पनि उसलाई धेरै सहयोग गरिन् कहिले खानाको लागि त कहिले हौसकक्षाः ११ चाङ्ला

ला दिएर।

समय बित्दै गयो। धेरै कठिनाई आए तर सीताले हार मानिन। उसले छात्रवृत्तिको परीक्षा दिई र सफल भई। जब कलेज भर्ना भएको खबर आयो गाउँभरि खुसी छायो। पहिले जसले प्रश्न् गर्थे आज तिनै मान्छेले गर्व गर्दै थिए।

कलेजको जीवन सजिलो थिएन। सहरको वाताावरण उसलाई नयाँ लाग्यो। कहिले काहीँ गाउँ सम्झेर उसको आँखा रसाउथ्यो तर उसले आफ्नो लक्ष्य बिर्सिन। “म गाउँ फर्किनुपर्छ” भनेर उसले आफैँलाई सम्झाउथी।

पढाइ सकेर सीता गाउँ फर्किई । उसले त्यही स्कुलमा शिक्षक भएर पढाउन थाली। अब ऊ केवल शिक्षक मात्र थिइन ऊ प्रेरणा पनि बनेकी थिई । केटीहरू उसलाई हेरेर पढ्ने सपना देख्न थाले। अभिभावकहरू पनि छोरीलाई पढाउने सोच बनाउन थाले।

एक दिन स्कुलको आँगनमा उभिएर सीताले पहाड तिर हेरिरहेकी थिई । त्यही पहाड जहाँबाट उसको यात्रा सुरु भएको थियो। ऊ मुस्कुराई। उसलाई थाहा थियो सपना पूरा गर्न साहस, धैर्य र लगनशीलता चाहिन्छ।

सिरुबारी अझै सानो गाउँ नै थियो तर अब त्यहाँ सपनाहरू उम्रिन थालेका थिए । ती सपनाहरूको जरो सीता नै थिई ।

2 reads

Published on 2/4/2026

Image

Aashiya Shrestha is a student at Deerwalk Sifal School who loves engaging in various classroom activites , reading, writing and explore various topics

Aashiya Shrestha

Grade 11

Roll No: 27084

3

More Articles from

Student

Underline