underline

तिहार

Underline

Share:

तिहार हिन्दूहरूकाे दसैँपछिकाे दाेस्राे महान् चाड हाे । नेवार समुदायहरूमा यतिबेला नयाँ वर्षकाे आगमन अर्थात नेपाल संवत् मनाउने प्रचलन पनि छ । तिहार पाँच दिनसम्म मनाइन्छ त्यसैले यसलाई यमपञ्चक पनि भनिन्छ । तिहारकाे पहिलाे दिन कागतिहार हाे । यस दिन कागलाई मिठामिठा खानेकुरा दिएर पूजा गरिन्छ । यसैगरी भाेलिपल्ट दाेस्राे दिन कुकुर तिहार मनाइन्छ । तेस्राे दिन गाेरुतिहार र चाैथाे दिन लक्ष्मीपूजा हाे । लक्ष्मीपूजाका दिन गाईलाईलक्ष्मी माताका रूपमा पूजा गरिन्छ । त्यस दिन साँझ घरमा दिपावली गरेर धनधान्यकी देवी लक्ष्मीकाे अर्चना गरिन्छ । पाँचाैँ दिन भाइटीकालाई सबैभन्दा महत्वपूर्ण दिनका रूपमा हेरिन्छ । यस दिनलाई दिदीबहिनी र दाजुबहिनीबिचकाे माया कायम गर्ने पर्वका रूपमा हेरिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन्छन् र दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र दक्षिणा दिन्छन् । यसरी तिहार सम्पन्न हुन्छ ।

0 reads

Published on 11/19/2021

Image

Yashaswi Pradhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Yashaswi Pradhan

Grade 4

Roll No: 30036

11

More Articles from

Student

Underline