underline

हात्ती

Underline

Share:

मलाई मन पर्ने जनावरको नाम हात्ती हो । हात्ती एक शाकाहारी जनावर हो । हात्तीले घाँस, पानी र फलफूल खान्छ । हात्ती ठुलो जनावर हो । मैले हात्ती देखेको छु । हात्ती हात्तीसारमा बस्छ । हात्ती खैरो रङको हुन्छ । हात्तीको दुईवटा आँखा हुन्छन् । हात्तीको चारवटा खुट्टा हुन्छन् । हात्ती जङ्गलमा देखिन्छ । हात्तीको बच्चालाई छावा भनिन्छ । हात्तीको सुँड लामो हुन्छ । हात्तीको दुइटा ठुला दाह्रा पनि हुन्छन् । हात्तीको कान ठुला हुन्छन् । हात्ती सबैभन्दा बलियो जनावर हो । हात्तीले भारी र मानिसलाई बाेकेर सहयोग गर्छ । चिडियाखानामा पनि हात्ती छ । मैले हात्तीलाई केरा खुवाएकाे छु ।

0 reads

Published on 2/20/2024

Image

Brisha Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Brisha Maharjan

Grade 2

Roll No: 34031

9

More Articles from

Student

Underline