underline

श्रीकृष्ण जन्माष्टमी

Underline

Share:

श्रीकृष्ण स्वयम् भगवान हुन् । उनलाई भगवान बिष्णुकाे अवतार मानिएकाे छ । उनकाे जन्म द्वापर युगकाे अन्त्यतिर भाद्र कृष्णपक्ष अष्टमी तिथिकाे मध्यरातिमा मथुरामा भएकाे थियाे । उनका पिता र माताकाे नाम वासुदेव र देवकी थियाे । उनी यदुवंशका थिए । कंश उनका मामा थिए । कंशले आफ्ना बहिनी ज्वाइँकाे आठाैँ सन्तानबाट आफ्नाे मृत्यु हुने भन्ने भविष्यवाणी सुनेर देवकी र वासुदेवलाई जेलमा थुनेका थिए । त्यही जेलभित्र आठाैँ सन्तानका रुपमा श्रीकृष्णकाे जन्म भएकाे थियाे । उनलाई मामा कंशले आफ्नाे मृत्युकाे कारण ठानेर धेरै दुःख दिएका थिए । कंश दुष्ट र अत्याचारी भएकाले पछि कृष्णाले नै उनलाई मारे । कृष्णकाे पालन पाेषणा गर्ने यशाेधरा र नन्द हुन् । उनीहरू गाेकुलमा बस्थे । कृष्ण पनि गाेकुलमै हुर्के बढे र विभिन्न बाललीला देखाउँदै ठुला भएका थिए । उनले दुधे बालक हुँदा नै भयङ्कर राक्षसनीकाे वध गरे । उनी श्याम वर्णका थिए । उनकाे उनकाे रुप देखेर गाेपिनीहरू लट्ठ पर्थे । श्रीकृष्णकाे जन्म भएकाे तिथि भाद्र कृष्णपक्षकाे  अष्टमी तिथिलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ ।

0 reads

Published on 10/3/2024

Image

Anukul Lamichhane is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Anukul Lamichhane

Grade 6

Roll No: 31055

6

More Articles from

Student

Underline