प्रकृतिको उज्यालो र ज्ञान
प्रकृतिको उज्यालो र ज्ञान
बिहान भयो उज्यालो,
घाम हाँस्छ आकाशमा।
पङ्क्षीहरू गुनगुनाउँछन्,
आनन्द छ हरियालीमा।
फूलहरू खुल्छन् बिस्तारै,
शीतका थोपा टल्कन्छन्।
नयाँ दिनको सुरुवातमा,
सबैजना रमाउँछन्।
कापी–किताब झोलामा,
म विद्यालयतिर जान्छु।
पढ्दै–लेख्दै सिर्जना गर्दै,
ज्ञानको उज्यालो पाउँछु।
साथीहरूसँग खेल्दै,
माया बाँड्दै रमाउँछु।
विद्यालय मेरो साथी हो,
जीवनको बाटो देखाउँछ।
बादलको गर्भबाट आएँ,
म पानीको थोपा हुँ।
नदी हुँदै सागर पुग्छु,
यात्रामा सधैँ व्यस्त छु।
मानिस र बोटबिरुवालाई,
जीवन दिन्छु हर्षिलो।
मिनेट–मिनेट बचाइदिनू,
पानी अमूल्य धरोहर हो।
0 reads
Published on 3/13/2026
Anukul Lamichhane is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Anukul Lamichhane
Grade 7
Roll No: 31055
6