वैदेशिक रोजगार
नचाहँदा नचाहँदै त्यो समय आयो,
नचाहँदानचाहँदै यो देश छोड्नु पर्यो ।
रहर त कहाँ थियो र मलाई
बाध्यताले नै त खै कहाँ पुर्यायो ।
जानु पनि त मन थिएन,
समयको पनि साथ थिएन,
यहाँ बस्न केही बाँकी थिएनन्,
साहुले झनै बस्नै दिएनन्
बलले हुने भए मै बल लाउँथे,
करले हुने भए मै कर लाउँथे ।
मेरो देशमै केही अवसर पाए,
सबै नेपाली किन विदेश धाउँथे ?
दौडधुपले भरिएको यो समयले
हामीलाई कहाँ लगेर छाड्ने हो ?
देशको माया हुँदाहुँदै
अन्त्यमा कहाँ पुर्याउने हो ?
हेर्दाहेर्दै हवाइजहाज
कताकता उड्दै गयो,
निलो खुल्ला आकाशमै
रहर त कहाँ थियो र,
बाध्यताले नै टाढा त पुर्यायो।
8 reads
Published on 12/5/2025
Anumesh Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Anumesh Shrestha
Grade 12
Roll No: 26007
4