माघे सङ्क्रान्ति
माघे सङ्क्रान्ति माघको १ गते मनाइन्छ । यो हिन्दुहरूको चाड हो । यस दिन मानिसहरू मन्दिर जान्छन् र जप, तप, ध्यान, दान गर्ने गर्दछन् । यस दिन घिउ, चाकु, तरुल, खिचडी, सखरखण्ड पनि खाइन्छ । माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। मकर सङ्क्रान्तिका दिन विभिन्न पवित्र नदी नदीहरूको सङ्गमस्थल, सागर आदिमा तीर्थ गएर बिहान सबेरै स्नान गरिन्छ । यस दिन जिउमा तेल घस्ने पनि चलन रहेको छ। थारुहरूले पनि माघी भनेर यो पर्व मनाउँछन्। थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षको रूपमा मनाउँछन्।
0 reads
Published on 1/22/2026
Vedansh enjoys being active and playing many games.
Vedansh Gautam
Grade 4
Roll No: 34057
3
More Articles from
Student