हाम्रो भविष्यः सपना र चुनौती
भविष्य एउटा अनौठो र रहस्यमय समय हो, जुन आज हामीले गर्ने निर्णय र कर्ममा अडिएको हुन्छ। "भविष्य” भनेको केवल भोलिको दिन मात्र होइन, यो त हाम्रा योजना र आउँदो पुस्ताको भाग्य नि हो । एक विद्यार्थीको लागि भविष्य एउटा रित्तो क्यानभास जस्तै हाे, जसमा हामीले आफ्नो मेहनत लगनशीलताको रङ सपना हो भर्न बाँकी छ।
आजको संसार सूचना प्रविधि र विज्ञानको युग हो । हाम्रो भविष्य हिजोको भन्दा निकै फरक हुने निश्चित छ । कृत्रिम बुद्धिमता, डिजिटल क्रान्ति र नयाँ आविष्कारहरूले हाम्रो जीवनशैली बदल्दै छन् । नेपाल जस्तो विकासोन्मुख देशका लागि यो भविष्य एउटा ठुलो अवसर हो। यदि हामीले नयाँ सीप र प्रविधिलाई आत्मसाथ गर्न सक्यौँ भने, भौगोलिक विकटताका बाबजुद हामी विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौं । भविष्यमा नेपाली युवाहरूले केवल रोजगारी खोज्न मात्र होइन, रोजगारी सिर्जना गर्ने क्षमता राख्नुपर्छ ।
उज्यालो भविष्यको बाटीमा धेरै तगारोहरू पनि छन् । जलवायु परिवर्तन, आर्थिक अस्थिरता र प्रतिभा पलायन हाम्रा मुख्य चुनौती हुन्। आज धेरै युवाहरू उज्ज्वल भविष्यकाे खाेजीमा विदेश पालयन भइरहेका छन् । यदि देशको भविष्य सुन्दर बनाउने हो भने, यो प्रतिभालाई स्वदेशमै रोक्ने वातावरण सिर्जना हुनुपर्छ । भविष्यको चिन्ता गर्दा हामीले केवल आर्थिक उन्नति मात्र होइन, बरु मानवीय मूल्य, मान्यता र शान्तिको पनि रक्षा गर्नु उत्तिकै जरुरी छ।
भविष्यका निर्माता भनेकै आजका विद्यार्थी हुन्। हामीले आज कस्तो शिक्षा लिन्छौँ र कस्तो चरित्र निर्माण गर्छाैँ त्यसैले भोलिको नेपालको चित्र कोर्ने छ । भविष्य सुधार्नका लागि हामीमा केवल किताबी ज्ञान मात्र भएर पुग्दैन, हामीमा आलोचनात्मक सोच, नौतिकता र समाजप्रतिको उत्तरदायित्व हुन आवश्यक छ। हामीले भविष्यको कल्पना गर्दा "म" बाट होइन, "हामी" बाट सुरु गर्नुपर्छ । जब एउटा विद्यार्थीले आफ्नाे भविव्यसँगै समाज र देशको भविष्य देख्न थाल्छ, तब मात्र वास्तविक प्रगति सम्भव छ।
निष्कर्षमा, भविष्य कुनै संयोग होइन, यो त एउटा छनोट हो। हामीले कस्तो भविष्य रोज्ने भन्ने कुरा आज हाम्रै हातमा छ । इतिहासलाई हेरेर सिक्ने र वर्तमानमा पसिना बगाउने हो भने भविष्य अवश्य पनि सुनौलो हुने छ। हाम्रा साना प्रयासहरूले भोलि ठुलो परिवर्तन ल्याउन सक्छन् । त्यसैले आउनुहोस् ! हामी सबै मिलेर एउटा यस्तो भविष्यको निर्माण गरौँ जहाँ सबैका लागि अवसर न्याय र समृद्धिको बाटो खुल्ने छ ।
1 reads
Published on 8/31/2026
Pratigya Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratigya Pandey
Grade 9
Roll No: 0
3