जीवनको लय र कर्तव्य
जीवनको लय र कर्तव्य
नदी बग्ने राम्रो कञ्चन जलको धार यसरी
भयो हाम्रो बाटो कति त दुःखको भेल यसरी।
नयाँ बाटो रोजौँ प्रगतिपथमा हाँसी हिँडौँ है
सधैँ पसिनाले भुवन यसरी आज रचौँ है।
भएका ती गल्ती कति त सहजै आज सुधारौँ
अँध्यारो यो रात सहजै कटेर घाम ब्युँझाऔँ।
निराशामा अल्झी कत्ति पनि यहाँ बस्नु त हुन्न
सफलताको त्यो शिखर सहजै छुन्छौँ भन्नु हुन्न ।
प्रकृतिको काख, हरियो वनको रूप छ प्यारो
सधैँ देख्दा राम्रो खुसी त बन्दछ मन यो हाम्रो।
सिकाउने हामी अडिग हिमाल सेता चुचुरा
झुक्दैनौँ है हामी दुःख त आए सङ्कट पूरा।
पसिना बगाऔँ श्रम कति गरी अन्न फलाऔँ
नराम्रा ती पर्खाल सहजै मिलेर आज भत्काऔँ।
हुँदैन कोही सानो सब जन हुन् देशका प्यारा
समानताको त्यो प्रखर दियो बालौँ न सारा।
किताबका पाना सहजै पल्टाएर ज्ञान बटुलौँ
समाजको राम्रो हित हुने काममा सधैँ जुटौँ है।
बनेर सच्चा देशका युवक गतिला धर्म बुझौँ न
कुसंस्कार बेथिति विरुद्ध सहजै आज जुझौँ न।
चरा चुरुङ्गीले श्रम कति मिठो यहाँ सिकाउने
बोकेर सत्यकाे नियम सहजै अघि बढाउने।
अलिकति गाह्रो भए पनि लक्ष्य भेट्नु पर्छ है
प्रयास गर्नेले जीवनमा कहिल्यै हार्नु पर्दैन है।
सजाएर राम्रा सपना आँखामा हिँडौँ न आज
आउने ती बाधा सङ्कट हाँसेर टारौँ न आज।
नगुमाईकन समय गतिलो अल्छी छोडौँ है
परिश्रमी हात प्रगतितिर नै आज मोडौँ है।
विगतका तिता विषय बिर्सेर अघि बढौँ अब
नयाँ एउटा राम्रो बिहानी संसारमा ल्याऔँ न त सब
यही हो हाम्रो धर्म कति त उत्तम कर्म हाम्रो यो
सबभन्दा सुन्दर प्यारो हाम्रो बनाउनु छ देश ।
1 reads
Published on 7/24/2026
Pratigya Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratigya Pandey
Grade 9
Roll No: 0
2
More Articles from
Student