चाहनाको त्यो फूल
बगैचामा अनेक थरिका फूलहरू फूल्छन्,
केही राता, केही सेता त केही पहेला
तर मलाई मनपर्ने फूल पक्कै भेटिएला
त्यही फूलले भित्र्याउला खुसीका बहार
अनि
सुनाैला उपहार ।
चाहनाको त्यस बगैचामा कति फूल ओइलिए होला
भएन लेखाजाेखा
गरिएन कयाैँ फूलको परवाह
तर आज थाहा भयाे
म पनि रहेछु त्यही फूलकाे एक अंश ?
आफ्नै चाहनाको एक अंश ।
मेरै हो बगैँचा
जहाँ फूलहरू फुल्दै जान्छन्,
ओइलाउँदै जान्छन्
तर, अझै म त्यही ओइलाइसकेका
फूलहरू खोज्दै हिँड्छु ?
अनि म एउटा नयाँ फूलको चाहनामा
कोपिला रोप्छु ।
फूल महिमा अगणनीय छ ?
हिजोको कोपिला,
आजको लक्ष्य र भविष्य हाे ?
एउटा सामान्य फूल ?
अनि मेरै आशाको चित्तमाथिको एउटा माला ?
1 reads
Published on 9/9/2026
Prasiddha Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddha Shrestha
Grade 11
Roll No: 28008
4
More Articles from
Student