underline

काेराेनाकाे समय

Underline

Share:

काेराेना भन्ने एक डरलाग्दाे नयाँ राेग हाे र सुरुमा याे राेगकाे औषधी निस्केकाे थिएन । केही गरी काेराेना लागेमा सरकारले अस्पतालबाट मानिसहरू पठाएर घरघरमा नै लिन आउथ्याे तर पछि धेरै मानिसहरू याे राेगबाट सङ्क्रमित हुन पुगे । यस भाइरसकाे कारणले धेरैले ज्यान गुमाउनुपर्‍याे र परेकाे छ तर धेरैलाई निकाे पनि भएकाे छ ।

काेराेना भाइरसकाे कारणले नेपालमा पनि २०७६ साल चैत्र १० गते पहिलाे लकडाउन भयाे । लकडाउनकाे बेलामा काेही बाहिर निस्कन नपाउने, गाडीहरू र विमानस्थल पनि बन्द, विद्यालय र कार्यालय पनि बन्द भए । साे कारणले हामीले अनलाइन कक्षा लियाैँ । अनलाइन कक्षा लिने क्रममा धेरै समस्याहरू भाेग्नुपरे पनि हामीले यस अवधिमा धेरै कुराहरू सिक्ने माैका पायाैँ । लकडाउनकाे बेलामा यदि काेही बिरामी भएमा अस्पताल लैजान निकै समस्या थियाे । आफ्नाे साधन भएकालाई केही सहज थियाे तर आफ्नाे साधन नभएकालाई गाडीकाे भाडा नै धेरै तिरेर अस्पताल धाउनुपर्थ्याे । यस समयमा बच्चादेखि बुढाबुढीसम्मका मानिसले धेरै दुख पाए र मानिसहरूले मात्र हाेइन पशुपन्छी र जनावरहरूले पनि खान पाएनन् । मन्दिरहरू पनि बन्द भएकाले पशुपतिमा रहेका गाई साँढे बाँदर र चराचुरुङ्गीहरूले पनि खान पाएनन् ।

करिब १० महिनासम्म  त हामी घरमै बस्नुपर्‍याे । १० महिनापछि अर्थात फागुन २ देखि हाम्राे विद्यालय खुल्ने सूचना आयाे । यस खबरले हामी सबै खुसी भयाैँ । करिब डेड महिनासम्म त हामी विद्यालयमा गएर खेल्न र सिक्न पायाैँ । त्यसपछि हाम्राे वार्षिक परीक्षा भयाे र चैतकाे अन्त्यमा नतिजा पनि प्रकाशन भयाे । केही समय हामी घरमा नै बस्याैँ । हाम्राे विद्यालय जाने रहर धेरै दिन टिकेन । फेरि काेराेनाकाे दाेस्राे तेस्राे रूप आएकाे छ । गत वर्षभन्दा याे वर्ष अझै घातक र डरलाग्दाे देखिएकाे छ । फरि पनि अनलाइन कक्षा नै भएकाे छ । पहिलाे वर्षभन्दा याे वर्ष धेरै मानिसले ज्यान गुमाएका छन् । धरै मानिसहरू सङ्क्रमित भएका छन् ।  यस्ताे अवस्थामा परिस्थितिले कुन रूप लिने हाे र  हामी बालबालिकाले अझै कस्ताे अवस्था भाेग्नुपर्ने हाे थाहा छैन ।

0 reads

Published on 6/3/2021

Image

Prasiddha Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prasiddha Shrestha

Grade 6

Roll No: 28008

4

More Articles from

Student

Underline