चन्द्रमा
आकाशको अन्धकार भरि तिमी नै चन्द्रमा
उज्यालो ज्योति तिम्रै मात्र चम्किनेझैँ
सबै प्रकाश तिम्रो मात्र
म तारा जस्तै भएँ तिम्रो अगाडि।
म जस्तै हजारौँ होलान्
मभन्दा बढी अरू चम्केलान्
तर तिमी चन्द्रमा एक मात्र ज्योति
आकश बाल्ने कहाँ म जस्ती ।
यो जगत् अन्धकारमा उज्यालाे छर्ने
आकश नै तिमीले चम्काउने
एक न एक दाग नभएको
चन्द्रमा ए चन्द्रमा !
मलाई के नै दोष दिन सक्छौ र !
मेरो पनि गल्ती कहाँ हो र ?
तिम्रो उज्यालोपन चोर्ने आश
म मात्र आकशमा चम्किने आश ।
तिम्रो चम्किलो मुहार मेरो पापी नजरमा पर्दा,
तिमीझैँ बनेँ भन्ने आश ।
चन्द्रमा तिम्रो छायाले मलाई छेकिदेऊ न ।
चन्द्रमा मलाई पनि चम्किन देउन
तर पनि तिमी जस्तै चम्किलो,
तिमी जस्तै उज्यालो,
कहाँ कोही हुन्छ र ?
कहाँ कोही हुन्छ र ?
4 reads
Published on 2/6/2026
Kavya Oli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Oli
Grade 9
Roll No: 29014
1