म नदी
म नदी जस्तै रात दिन बगेकी रहेछु
निशाको त्यो कालो अन्धकारमा म चोबलिन पाएछु ।
गगनको ऐना बनेर बस्ने
चन्द्र, सूर्य, तारा सबैलाई चिनेझैँ नमस्कार गर्ने
नदी जस्तै बन्न पाएछु ।
फूलहरूको विभिन्न थरिहरू
मेरै आँखा अगाडि फुलिसकेछन्,
चमेली र गुलाफ समातिसकेकी छु ।
समयको घडी जस्तै र नदीझैँ
तल माथि समयसगैँ चलिसकेछु ।
समयसँग अगाडि बढेर
अगाडि मात्र किन ?
म आफैलाई दायाँ बायाँ किनारमा छ्यापिदिन्छु ।
मनुष्यको सबै जातलाई छोइसकेको छु ।
सूर्यको किरण छोइसकेको छु ।
हिमाल र पहाडको चित्र
विचित्र भैसकेको छु ।
नदीझैँ निशा र शीतमा चोपली सकेको छु ।
गगनको मात्र ऐना किन ?
मनको ऐना भैसकेको छु ।
म नदी जस्तै रात दिन बगेकी रहेछु ।
निशाको त्यो कालो अन्धकारमा म चोपलिन पाएछु ।
गगनको ऐना बनेर बस्ने
चन्द्र, सूर्य, तारा सबैलाई चिनेझैँ नमस्कार गर्ने
नदी जस्तै बन्न पाएछु
म नदी जस्तै बगेकी रहेछु ।
0 reads
Published on 9/2/2026
Kavya Oli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Oli
Grade 10
Roll No: 29014
2
More Articles from
Student