हे प्रतिबिम्ब !
नदीको गड्गडाहट बनूँ कि बनूँ म तलाउको स्थिर पानी ? हावाको शीतल झोका बनूँ कि बनूँ म आँधीको चर्को वेग ? मन्दिरको देउता बनूँ कि बनूँ म कुनै बालुवाभित्रको पत्थर ? कोलाहलले भरिएकाे भिड बनूँ कि बनूँ म शून्यताभित्रको शून्य ? तँ देखिने दिनको घाम बनूँ कि आफू देखिने रातको टोलाउने जून ? तैँले देखाएको तँ बनूँ या आफूले पाएको म बनूँ ? तँ आफैँ भन् म के बनूँ ? तँ आफैँ भन् म के बनूँ ?
0 reads
Published on 8/10/2021
Prasanna Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasanna Shrestha
Grade 11
Roll No: 23011
11
More Articles from
Student