के गर्दै छु ?
म एक हर्षविहीन मानिस,भौतारिँदै छु,खोज्दै छु ती यादहरूअनुनासिक क्षणहरूबितेका रमाइला दिनहरूसाट्दै छु दुःखसुख ।खोतल्दै छु,हाम्रा ती अन्तिम अवस्थामाभोगेका पलहरूरम्दै छु,मिठो सपनाको आशमातितो विपनालाई त्यागी ।उक्लिँदै छु,ती कठिन कैलाशहरूअप्ठ्यारा चट्टानहरूनियाल्दै छु,तिम्रा चम्किला आँखामा छर्लङ्ग परेकाहाम्रा ती दिनहरू ।अघि बढ्दै छु,यी अदृश्य बाटाहरूमाभौतारिँदै, रमाउँदैखोज्दै छु,आफ्नो वास्तविक अस्तित्वहाम्रो यो स्वार्थी समाजमाटिप्दै छु,हाम्रा ती रमणीय क्षणहरूग्रन्थका ती पानाहरूमाहौसला दिँदै छु,साथीभाइहरू लगायत इष्टमित्रहरूलाईकठिन परिस्थितिसँग जुध्नेहरूलाईआफ्नो अस्तित्व सम्हाल्दै छु,यी अदृश्य नकारात्मक शक्तिबाटजोगाउँदै छु ती पलहरूलाईत्यसैले हिँड्दै छु,पाइला मेट्दै छु ।।
0 reads
Published on 1/27/2022
Prasanna Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasanna Shrestha
Grade 11
Roll No: 23011
11
More Articles from
Student