फिफा विश्वकप २०२६
फिफा विश्वकप २०२६ संसारभरका फुटबल हेर्न मन पराउने मानिसहरूका लागि निकै विशेष प्रतियोगिता बन्यो । यसपटक विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना गरिएको थियो । पहिलो पटक ४८ वटा राष्ट्रले सहभागिता जनाएकाले यो प्रतियोगिता अझ ठुलो र रोचक बन्यो । विश्वका लाखौँ मानिसले स्टेडियम र टेलिभिजन तथा इन्टरनेटमार्फत खेल हेर्न पाए ।
यस विश्वकपमा धेरै उत्कृष्ट खेलहरू भए । धेरै नयाँ खेलाडीले आफ्नो प्रतिभा देखाए भने अनुभवी खेलाडीहरूले पनि राम्रो प्रदर्शन गरे । प्रत्येक खेलमा प्रतिस्पर्धा कडा भएकाले कुन टोली विजेता बन्छ भन्ने अनुमान गर्न गाह्रो थियो । अन्तिममा स्पेनले उत्कृष्ट खेल प्रदर्शन गर्दै विश्वकपको उपाधि जित्न सफल भयो । यो सफलता स्पेनका खेलाडी र स्पेनको फ्यानका लागि निकै खुसीको क्षण बन्यो । कतिपय खेलाडीहरूले विश्वकपको समाप्तिपछि आफ्नो नाम फुटबलबाट राजीनामा दिए जस्तैः मेस्सी, रोनाल्डो, नेमार र नोयर।
विश्वकपले फुटबलको लोकप्रियता अझ बढाएको देखियो । यस प्रतियोगिताले विभिन्न देशका मानिसलाई एउटै खेलमार्फत नजिक ल्यायो त्यो हो फुटबल । आयोजना गर्ने देशहरूमा पर्यटकको सङ्ख्या बढ्यो, व्यापारमा पनि राम्रो प्रभाव पर्यो र धेरै मानिसले नयाँ अनुभव प्राप्त गरे । विश्वकप केवल खेल मात्र होइन, विभिन्न संस्कृति र देशलाई जोड्ने एउटा ठुलो अवसर पनि बनेको देखियो । फिफाले विश्वकपको समाप्ति भएर आन्तिममा २२ खर्ब, ९६ अर्ब र ५ करोड रुपैया कमायो ।
मेरो विचारमा फिफा विश्वकप २०२६ निकै राम्रो प्रतियोगिता थियो । यसले खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने अवसर दियो र संसारभरका फुटबल प्रेमीलाई अविस्मरणीय क्षणहरू प्रदान गर्यो ।
1 reads
Published on 8/26/2026
Saphal Pokhrel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Saphal Pokhrel
Grade 8
Roll No: 31052
2
More Articles from
Student