प्रकृति
प्रकृति
रङ्गीचङ्गी र राम्रा फूल फुलेका
टप्प टिपेर लगूँ
यी पहाड र हिमाल कति सुन्दर हुन्
बयान कसरी गरूँ ।
सुनाैलाे घाम झुल्केको छ आकाशमा
बादलसँग नाच्दै
बग्दछ कर्णाली आफ्नै धुनमा
गाउँदै रमाउँदै ।
आहार खोज्दछन् चराचुरुङ्गीले
छ है स्वतन्त्र जीवन
कति सुन्दर हरियाली प्रकृति
आहा ! कति राम्राे वन ।
पशु र पक्षी मिलेर बस्छन् यहाँ
मानिस जस्ता दुष्ट नाई
सफा राख्नुपर्छ आफ्नो वातावरण
बचाऔँ प्रकृतिलाई ।
0 reads
Published on 7/15/2026
Saphal Pokhrel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Saphal Pokhrel
Grade 8
Roll No: 31052
2
More Articles from
Student