बौद्धनाथ स्तूप
बौद्धनाथ स्तूप
बौद्धनाथ स्तूप काठमाडौँ जिल्लाको बौद्ध क्षेत्रमा अवस्थित छ । यो नेपालको सबैभन्दा ठुलो र प्रसिद्ध बौद्ध स्तूपमध्ये एक हो । बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थलका रूपमा यसको विशेष धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ । यस स्तूपसँग सम्बन्धित विभिन्न जनविश्वास र किंवदन्तीहरू प्रचलित छन् । यसको आकर्षक बनावट हेर्न तथा दर्शन गर्न नेपालका विभिन्न ठाउँका साथै संसारभरिबाट हजारौँ पर्यटक र श्रद्धालुहरू यहाँ आउने गर्छन् । बौद्धनाथ स्तूप नेपालको गौरवशाली सांस्कृतिक सम्पदामध्ये एक हो । म पनि बौद्धनाथ स्तूप गएकी छु ।
1 reads
Published on 9/8/2026
Shanaya Shresthais a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussuions.
Shanaya Shrestha
Grade 3
Roll No: 36032
6