समाजसेवा र यसको महत्व
समाजसेवाको अर्थ अरूको भलोका लागि नि: स्वार्थ भावले गरिने मानवमूल्य कार्य हो । यसले समाजमा भएका सदस्यहरूलाई जुनसुकै जाति, जात वा लिङ्गको भए पनि उनीहरूको जीवनशैली उकास्न मद्दत गर्छ । सामाजिक कार्य गर्नको लागि व्यक्ति दयालु, निष्पक्ष, करुणामय, सहनशील, इमानदार, आत्म-अनुशासित, जिम्मेवार र राम्रो मनोवृत्ति भएको हुनुपर्छ । समाजसेवा गर्न धेरै धन, शक्ति वा पद चाहिँदैन, केवल मानवता, इच्छाशक्ति र सेवाको भावना चाहिन्छ।
यदि हामी सबैमा अलिकति करुणा, दया र जिम्मेवारीको भावना छ भने समाज स्वतः समृद्ध, सुरक्षित र सशक्त बन्नेछ। त्यसकारण, प्रत्येक व्यक्तिले आफ्नो स्तरमा सामाजिक सेवामा सहभागी भएर राम्रो समाज निर्माण गर्ने दिशामा कदम चाल्नुपर्छ।
समाजसेवाले हामीलाई यो बुझ्न मद्दत गर्छ कि हामी केवल आफ्नो लागि मात्र स्वार्थी भएर बाँच्दैनौँ, हामीले आफू र अरू दुवैलाई मद्दत गर्ने तरिकाले बाँच्नुपर्छ। यो हामीमा मानवता छ भनेर देखाउने एउटा तरिका पनि हो । हामी सबै समाजका अङ्ग हौँ त्यसैले हामी सबैले समाज हुनुको फाइदाबाट जे लिन्छौँ त्यो फिर्ता दिनुपर्छ र एउटा तरिका हो समाजसेवा । समाजसेवाले हामीलाई आफ्नो आत्म विकास गर्न मद्दत गर्छ, यसले हामीलाई आत्मसन्तुष्टि साथै बाँच्ने उद्देश्य पनि दिन्छ । यसले हामीलाई नेतृत्व गर्न, सहनशील हुन र अरूलाई मद्दत गर्न सिकाउँछ । यसले हामीलाई बदलामा शान्तिपूर्ण, सफल समाज दिन्छ । यसले हामीलाई कसैको समस्या र दुःख बुझ्ने क्षमता पनि दिन्छ। सामाजिक सेवा केवल एउटा कार्य होइन, यो एउटा सोच हो जसले मानिसलाई साच्चिकै “मानव” बनाउँछ । प्रत्येक मानवले समाज र मानवताको लागि केही योगदान दिनैपर्छ, ताकि हाम्रो भविष्य अझै सुरक्षित, संवेदनशील र सशक्त होस् ।
सबै मानिस समान हुन्छन, सबैलाई उस्तै सुख-सुविधा मिल्नु आवश्यक छ । समाजसेवाले यसलाई सम्भव गराउँछ । कमजोर वर्गका मानिस, सहरी क्षेत्रबाट टाढा रहने मानिस, सेवा सुविधा उपलब्ध नभएका मानिसलाई समाजसेवाले ठुलो टेवा पुर्याउने गर्छ । यसले सबै वर्गका मानिसलाई सशक्त बनाउँछ। समाजसेवाले वृद्ध, अपाङ्ग, अनाथ र असहाय व्यक्तिहरूको हेरचाह गर्न मिल्छ । उनीहरूको जीवनस्तर वृद्धि गराउन समाजसेवाले मद्दत गर्छ । यसले विभिन्न मानिसहरूलाई स्वस्थ तथा शिक्षा उपलब्ध गराउन मद्दत गर्दछ । यसले विपतबाट प्रभावित मानिसहरूलाई आफूलाई र अरूलाई बचाउन सिकाउँछ तथा राहत वितरण गराउँछ । समाजसेवाले महिला र बालबालिकाको संरक्षण र सशक्तीकरण तथा उनीहरूको अधिकारको सदुपयोग गराउँछ ।
समाजसेवाले समाजमा प्रचलित कुरीतिहरूलाई हटाउन तथा जनचेतना फैलाउन मद्दत गर्दछ । यसले सामाजिक समानता र न्याय प्रवर्द्धन गर्छ । मानिसभित्र मानवता, दया र सेवा भावनाको विकास गराउँछ । युवाहरूमा नेतृत्व, सहकार्य र जिम्मेवारीको भावना जगाउँछ तथा समाजको दिगो विकासमा टेवा पुर्याउँछ । यसले हामीलाई हाम्रो भन्दा पनि बढी दुःख झेल्नेहरूको जीवनको विवरण दिन्छ र हामीमाथि सहानुभूतिको भावना जगाउँछ, यसले हामीमा ‘म त यो जीवन पाउन असाध्यै भाग्यमानी रहेछु’ भन्ने भावना जगाउँछ ।
महात्मा गान्धीले भने झैँ "तपाईंले संसारमा देख्न चाहनुभएको परिवर्तन आफैँ हुनुहोस्।" हामी सबैले यो संसार उज्ज्वल होस् भन्ने चाहना राख्छौँ तर त्यसका लागि हामीले पनि कदम उचाल्नुपर्छ । काम सोचेर मात्र हुँदैन गरेर हुन्छ, यदि हामीले सुन्दर संसार निर्माणका लागि एक परिवर्तनशील तथा पारदर्शी कदम चाल्यौँ भने हामीले विश्वमा अरू सबैलाई आफैँ कदम चलाउन प्रेरणा दिनेछौँ ।
सामाजिक कार्य भनेको केवल अरूलाई मद्दत गर्नु मात्र होइन, समाजलाई समृद्ध र न्यायपूर्ण बनाउने एउटा महत्त्वपूर्ण उपाय पनि हो । यसले कमजोर र असहाय मानिसहरूलाई आशा र आत्मविश्वास दिन्छ । सामाजिक कार्यले मानवीय मूल्यहरू जगेर्ना गर्छ र समाजमा सहकार्य, एकता र प्रेमको भावना फैलाउँछ । जब हामी एक अर्काको पीडा बुझ्छौँ र साथ दिन्छौँ तब मात्र हाम्रो समाजले प्रगति गर्न सक्छ । सामाजिक सेवाले हामीलाई जिम्मेवार नागरिक बनाउँछ र अरूका जीवनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्छ । यसैले, प्रत्येक मानिसले आफ्नो स्तरअनुसार सामाजिक कार्यमा संलग्न भएर मानवता र समाजको हितमा योगदान दिनु अत्यन्त आवश्यक छ। सामाजिक कार्यको महत्त्व बुझेर, हामी सबैले माया, करुणा र सहकार्यको माध्यमबाट एक उज्जवल र सुन्दर भविष्य निर्माण गर्न सक्नेछौँ ।
0 reads
Published on 8/20/2025
Shreevani is a student of the Class of 2029. She is passionate about learning and enjoys exploring subjects like literature and technology. In her free time, she likes to read books and play sports.
Shreevani Dhungel
Grade 9
Roll No: 29044
2
More Articles from
Student