underline

छायाँ

Underline

Share:

समयको ले देखाउँछ हाम्रा ती अबोध पलहरू

एक बालुवाको कणमा म खोजिरहन्छु

एक मुट्ठी बालुवा लिादै झार्दै एक चम्किलो क्षण खोज्छु

तर, खै किन भेटिँदै भेटिन्न ।

बालपनका कुरा किन मन मस्तिष्कले किशोर हुँदा याद राख्दैनन् ?,

कस्तो होला यो मस्तिष्क ?

सुनौला पल त याद राख्नु नि !

ठुलो हुदाँ हुदैँ तिमी टाढा हुदैँ,

‘म यो पछिसम्म सम्झन्छु,’ भन्ने पल नि धमिलो भयो ।

तिमी त छायाँ बन्यौ, उज्यालो हुँदा अस्तित्व मेटिने

अझ अँध्यारोमा त झन् हराउने

मेरा कलिला सम्झनाको कुनामा

तिमी न त आवाज, न त अनुहार

केवल एक अनुभूति बन्यौ ।

फेरि, कहिलेकाहीँ, निद्रामा आउँछौ

एक नचिनेको ठाउँमा, एक जना नचिनेकी भएर,

र, म चिन्न खोज्छु , ‘के तिमी नै हौ ?’ भनेर

तर तिमी मुस्कानमै हराउँछौ, कुनै पुरानो गीतझैँ ।

अनि, बिहान, खाली सिरानीमा

म फेरि सोच्छु

के तिमी कहिल्यै थियौ त यहाँ ?

कि म नै तिमी बन्न खोज्दै थिएँ ?

एउटी छायाँ, जो आफैसँग बोल्छे

कुन दिनको काखमा थियो त्यो मिठो हाँसो ?

किन सम्झँदा पनि आवाज फुसफुसाउँछ ?

के तिमीले त्यो बेलाको न्यानोपन बिर्सियौ ?

कि म मात्र नै अब त्यो अनुहार सम्झन सक्दिनँ ?

सम्झन्छु एउटै रुखमुनि बसेका थियौँ

समयले न छोएको मन सहित

र, हामी हाँसेका थियौँ

त्यो हाँसो आज कहाँ गयो ?

अहिले त तिमी एक पात्र हौ

कवितामा आउने, अनि हराउने

कहिलेकाहीँ आँसु बनेर झर्ने

कहिलेकाहीँ शून्यझैँ टोलाउने ।

हरेक शरदको हावा तिमी झैँ लाग्छ

चिसो, अस्पष्ट, तर चिनिएको

र, म झरेका पातहरूलाई सोध्न खोज्छु

के उसले पनि मलाई याद गर्छे ?

लेख्न खोज्छु, पानामा कलमले

तिमीलाई स्पष्ट पार्ने वाक्य के होला भनेर

तर, ती वाक्यहरू त मनले नै लेखेका थिए

र, मनले नै मेटाइरहन्छ, बिस्तारै बिनाअनुमति ।

तिमीलाई सम्झनु अब कुनै उत्सव होइन

यो त पीडा बनेको छ, एक मिठो पीडा

जसले मलाई तिमी झैँ बनाएको छ

र, तिमीलाई म र हाम्रो यादहरूको छायाँभित्र ।

हुदाँ हुदै तिमी मेरो एक छायाँ बन्यौ

पहिला मेरो कोमल मनको कार्यको साक्षी

तर, अहिले मेरो अङ्ग, जो मेरो हर पलमा म साथ

साम्य र अटल, तर मन ढुक्क पार्ने

तिमी त मेरो छायाँ पो बन्यौ ।

2 reads

Published on 9/21/2025

Image

Shreevani is a student of the Class of 2029. She is passionate about learning and enjoys exploring subjects like literature and technology. In her free time, she likes to read books and play sports.

Shreevani Dhungel

Grade 9

Roll No: 29044

2

More Articles from

Student

Underline