underline

नेपाली भाषा: हाम्रो गौरव र पहिचान

Underline

Share:

नेपाली भाषा हाम्रो राष्ट्रिय एकताको प्रतीक हो। यो हाम्रो संवैधानिक भाषा मात्र होइन, हाम्रो सांस्कृतिक धरोह पनि हो। देवनागरी लिपीमा लेखिने यो भाषा संस्कृत भाषाबाट विकसित भएको हो, जसले गर्दा यसमा प्राचीनताको झल्काे छ।

नेपाली भाषाको इतिहास सयौँ वर्ष पुरानो छ। मध्यकालमा खस राज्यहरूबाट सुरु भएको यस भाषाको यात्रा आजसम्म जारी छ। आधुनिक समयमा पनि नेपाली भाषाले आफ्नो मौलिकता कायम राख्दै आएको छ। साहित्य, कला, संगीत र शिक्षाको माध्यम बनेको यो भाषा हाम्रो जीवनको अभिन्न अङ्ग हो। विश्वभर फैलिएका लाखौं नेपालीहरूले आफ्नो मातृभाषालाई संहालेर राखेका छन् । तर आज याे भाषा लुप्त हुने खतरा छ । अङ्ग्रेजीको बढ्दो प्रभावले गर्दा युवापुस्ताले नेपाली भाषाप्रति उदासीनता देखाउँदै आएका छन्। हाम्रो कर्तव्य हो कि हामी आफ्नो भाषालाई गर्वका साथ बोलौँ, लेखौँ र प्रयोग गरौँ । नेपाली भाषा नै हाम्रो अस्तित्व हो, हाम्रो पहिचान हो। यसलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो। आउनुहोस्, हामी सबैले मिलेर हाम्रो भाषा, हाम्रो संस्कृति र हाम्रो पहिचानलाई जोगाऔँ।

0 reads

Published on 12/29/2025

Image

Anirvan Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Anirvan Joshi

Grade 7

Roll No: 31047

5

More Articles from

Student

Underline