पुस्तक समीक्षाः ओडारको बत्ती
पुस्तक समीक्षाः ओडारको बत्ती
‘ओडारको बत्ती’ भन्ने कथामा करुणा भन्ने बालिका हुन्छिन्। करुणाले घरभन्दा पारिको डाँडामुनि एउटा बत्ती बलेकाे देख्छिन् । खाना खाएपछि बत्ती निभिसकेको हुन्थ्यो । के होला ? त्यो एउटा मात्र बत्ती, कसले बालेको होला ? छक्क परेर “बाबा त्यो पारि के बोलेको होला ?” करुणाले साेधिन् । आफ्ना मामाघरमा पनि गएर त्यो बत्तीको बारेमा कुरा गरिन्। उनले बत्तीका बारेमा कुरा गर्दा मामामाइजू छक्क पर्नुभयो। माइजू र दिदी त उनलाई नै हेरेको हेरै हुनुभयो। साँच्चै त्यो के होला ? करुणाले जोड गरेर सोधिन् । सबै साथीहरू मिलेर डाँडातिर हिँडे। हिँड्दा हिँड्दै सबैलाई थकाई लाग्यो। एकछिन रुखमुनि बसेर थकाइ मारे। करुणालाई डर लागिरहेको थियो। भिखमले लौरो लिएर हिँड्यो एकछिनपछि उनीहरू डाँडामुनि पुगे। त्यहाँ एउटा सानो गुफा थियो। गुफाको मुखैमा बुढीआमै भाँडा माझ्दै हुनुहुन्थ्यो। उनीहरू बुढी मान्छेनेर पुगे। बुढीआमाले भन्नुभयो “आहा मेरी नातिनी आइछे, कति ठुली भइसकी छिन्” बुढी मान्छेले दिदीलाई अँगालो हालेर रुन लाग्नुभयो। त्यो देखेर सबैजना चकित परे। दिदीले करुणालाई देखाएर तपाईंकी नातिनी पनि आएकी छे भन्नुभयो। हजुरआमाले करुणालाई माया गर्नुभयो र “तिम्रा आमाबाबाले हेला गरेर निकालेका हुन्” भन्दै रुन थाल्नुभयो। हजुरआमाले मकैको रोटी बनाएर सबैलाई खुवाउनुभयो। करुणाले हजुरआमालाई आफ्नो घर लगिन् र आमाबुबालाई सम्झाइन् । आमाबुबाले पनि हजुरआमासँग माफी माग्नुभयो।
0 reads
Published on 2/20/2026
Dibya Ghimire is a student in Deerwalk Sifal School who loves exploring various topics . she is very bright student of Deerwalk School
Dibya Ghimire
Grade 4
Roll No: 34058
3
More Articles from
Student