underline

छुट्टीको सदुपयोग

Underline

Share:

यसपालिको स्कुल छुट्टीमा म केही दिन घरमै बसेँ । मैले घरमा आफ्ना बिदाका गृहकार्यहरू गरेँ । मेराे परिवारले केही दिन काठमाडाैँबाहिर घुम्न जाने सल्लाह गर्नुभयाे । त्यसपछि म परिवारसँग घुम्न गोर्खा गएँ । काठमाडाैँबाट नाैबिसे, मलेखु, मुग्लिन हुँदै गाेर्खा पुगिँदाे रहेछ । गोर्खा पुग्नका लागि हामीले चार घण्टाको यात्रा गर्नुपरेको थियो । गाेर्खा पहाडी जिल्लामा पर्दे रहेछ । मैले त्यहाँ अग्लाे स्थानमा रहेकाे गाेरखा दरबार देखेँ । त्यहाँबाट धेरै हिमालहरू देख्न पाइने रहेछ । त्यहाँ मैले निकै पुराना कुराहरू देखेँ । हामी गोर्खाका धेरै ठाउँहरू घुम्यौँ । गोर्खामा पुराना र रमाइला कुराहरू देखेर मलाई खुसी लाग्यो । त्यसपछि हामी चितवन गयौँ । हामीले थारु नाच हेर्‍याैँ । चितवनमा हामीले गैँडा पनि देख्याैँ । चितवनमा धेरै गर्मी थियो । चितवन घुमघाम गरेर त्यहाँका धेरै कुराहरू हेरेर अर्को दिन हामी घर फर्कियौँ ।

1 reads

Published on 9/8/2026

Image

Dibya Ghimire is a student in Deerwalk Sifal School who loves exploring various topics . she is very bright student of Deerwalk School

Dibya Ghimire

Grade 5

Roll No: 34058

3

More Articles from

Student

Underline