underline

पदयात्रा

Underline

Share:

पदयात्रा

गत ११ गते शुक्रबार हामी पदयात्रामा गएका थियौँ । मलाई धेरै रमाइलो लागेको थियो। मेरा साथीहरू हिँड्दा हिँड्दा थाकेका थिए तर म थाकेकी थिइनँ । हामी तारेभिर गएका थियौँ। हामी हिँडेको हिँडै थियौँ । म पनि अलिअलि गलेको थिएँ । स्कुलको गाडीले हामीलाई सुन्ताखानसम्म छोडेको थियो । हामी हिँडेर माथि पुगेपछि खाजा खान थाल्यौँ । मैले मकै सुन्तला र चकलेट ल्याएकी थिएँ । हामी सबैजना मिलेर बाँडीचुँडी खायौँ । खाइसकेपछि हामी गाडीतिर गयौँ । स्कुलको गाडीमा बस्दा म मकै खाइरहेकी थिएँ। स्कुलमा गएर फेरि हामीले पुरी र तरकारी खायौँ । खाजा खाएपछि फेरि घर जान गाडी चढ्यौँ । गाडीमा साथीसँग पदयात्राको बारेमा गफ गर्‍याैँ ।

1 reads

Published on 6/11/2026

Image

Khushi Rani Dahal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Khushi Rani Dahal

Grade 4

Roll No: 35011

4

More Articles from

Student

Underline