मेरो बाबाको अफिस
वि.सं २०८१ साल वैशाख ६ गतेको दिन थियो । म निकै उत्साहित थिएँ किनकि त्यो दिन मैले मेरो बाबाको अफिस भ्रमण गर्ने अवसर पाएको थिएँ । मेरो बाबाको कार्यालयमा दिउँसोको ३ बजे आउने भनिएको थियो । कतिखेर ३ बज्छ भनेर म घडी हेरिरहेको थिएँ । लोकन्थलीबाट हामीहरू २ बजेर ३० मिनेटमा निस्कियौँ । तीन बजे हामीहरू नयाँ बानेश्वर पुग्यौँ । केही समय पर्खिएपछि मेरो बाबा कार्यालयबाट बाहिर निस्किएर हामीहरूलाई लिन आउनुभयो । त्यसपछि हामीले कार्यालयको भित्र गएर लिफ्ट चढेर चौथो तल्लामा गयौँ । माथि गएपछि मैले बाबाको कार्यालय अवलोकन गरेँ । बाबाको कार्यालय धेरै राम्रो लाग्यो । किनकि त्यहाँ काम गर्नको लागि कम्प्युटर र अरू विभिन्न प्रकारका सुविधाहरू पनि रहेछन् । त्यहाँ मेरो बाबाको साथीहरूका छोराछोरी पनि आएका थिए । त्यहाँ हामीहरूले केही फोटो पनि खिच्यौँ । हामीहरूको लागि त्यहाँ तालिमको आयोजना गरिएको रहेछ । हामीहरू ठुलो तालिम लिने तलामा गयौँ । म जस्तै ६० देखि ७० जना साथीहरू पनि सहभागी भएका थिए । त्यहाँ त हामीहरूले पैसा र बैङ्कको बारेमा धेरै कुरा सिक्यौँ । मैले पैसाको नम्बर चिनेँ । मैले पैसाको नम्बर चिनेर पुरस्कार पनि पाएँ । त्यसपछि हामीहरू चमेना गृहमा गएर मःम, पिज्जा, चिकेन र जुस खायौँ । त्यहाँबाट निस्किने बेलामा एक एकवटा खुत्रुके पनि पायौँ । हामी खुसी हुँदै घर गयौँ ।
0 reads
Published on 6/17/2025
Ashwith Acharya is a student of 2033. He is passionate about mathematics and enjoys learning through math problems. Outside the classroom, he plays games and especially skilled at playing futsal. Known for being, quite angry , he is hardworking, and funny, he dreams of becoming an Gamer one day. A fun fact about him: He knows how to do Arts.
Ashwith Acharya
Grade 5
Roll No: 33030
5