फूलबारी
फूलबारी भनेको विभिन्न फूलहरू रोप्ने, उमार्ने र रङ्गीचङ्गी फुलाउने ठाउँ हो । फूलबारीमा विभिन्न रङका फूलहरू फुलेका हुन्छन् । मेरो घरको कौसीमा सानो फूलबारी छ । त्यहाँ राता, सेता, गुलाबी, पहेँला, सुन्तालाका साथै विभिन्न रङका फूलहरू फुलेका छन् । कुनै फूलका बोट होचा छन् । कुनै फूलका बोट अग्ला छन् । कुनैका लहरा छन् भने कुनै फूलका डाँठ मोटा मोटा छन् । जस्तो बोट भएपनि फूल फुलेपछि फूलबारी राम्रा र रङ्गीविरङ्गी देखिन्छन् । फूलबारी ज्यादै राम्रो हुन्छ । आहा ! मेरो घरको फूलबारी क्या राम्रो छ । फूलबारीमै बसिरहुँ जस्ताे लाग्ने ।
0 reads
Published on 12/15/2020
Shreyasa Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreyasa Dangol
Grade 3
Roll No: 2029036
6