underline

मेरो पढ्ने कोठा

Underline

Share:

मेरो पढ्ने कोठा सफा र सुन्दर छ । मलाई मेरो पढ्ने कोठा धेरै मनपर्छ। म यही बसेर गृहकार्य गर्छु र किताबहरू पढ्छु। मेरो पढ्ने कोठामा टेबल र कुर्सी पनि छन् । टेबलमाथि मेरा किताब, कापी, कलम र पेन्सिलहरु मिलाएर राखिएका छन् ।

मेराे पढ्ने काेठामा पाठ्यपुस्तक र अन्य किताबहरू राखिएका छन्। त्यस कोठामा दुईवटा झ्यालहरु छन् । झ्यालबाट हावा र घाम आउँछ। कोठामा उज्यालो प्रकाश छर्ने बत्ती पनि छ जसले गर्दा बेलुका पढ्न पनि सजिलो हुन्छ। म आफ्नो पढ्ने कोठालाई सधैं सफा र व्यवस्थित राख्छु । मेरो पढ्ने कोठा शान्त भएकाले मलाई पढ्न र नयाँ कुरा सिक्न सजिलो हुन्छ । मेराे घरमा भएका अन्य ठाउँ भन्दा मलाई मेरो पढ्ने कोठा अति नै मनपर्छ ।

1 reads

Published on 10/26/2026

Image

Arshav Man Gubhaju is student at Deerwalk Pokhara School who is passionate about reading and writing.

Arshav Man Gubhaju

Grade 5

Roll No: 34019

Deerwalk Pokhara School

2

More Articles from

Student

Underline