सुन्दर सहर पोखरा
हाम्रो देश नेपालमा धेरै सुन्दर ठाउँहरू छन्। तीमध्ये पोखरा सबैभन्दा सुन्दर सहर हो। यो गण्डकी प्रदेशमा अवस्थित छ। मेरो घर पनि पोखरामै छ। त्यसैले मलाई यो ठाउँ एकदम मनपर्छ। पोखराको सबैभन्दा ठुलो आकर्षण भनेको फेवाताल हो। यो ताल एकदम ठुलो र सफा छ । तालको पानीमा आकाश र हिमालको प्रतिबिम्ब देखिन्छ। तालको बीचमा बाराही मन्दिर पनि छ। मानिसहरू डुङ्गा चढेर त्यहाँ जान्छन् । त्यहाँबाट माछापुछ्रे,अन्नपूर्ण र धौलागिरी जस्ता हिमालहरु पनि देख्न सकिन्छ । पोखरामा महेन्द्र गुफा, पातले छाँगाे,विश्व शान्ति स्तुप र सराङ्काेट जस्ता सुन्दर ठाउँहरू छन्। पोखराको मौसम पनि धेरै राम्रो छ। यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरु घुम्न आउँछन्। पोखरा सफा,शान्त र रमाइलो सहर हो । यहाँको प्राकृतिक सुन्दरता सबैलाई मनपर्छ । त्यसैले पोखरालाई नेपालको सुन्दर सहर भनेर चिनिन्छ। पोखरालाई नेपालको स्वर्ग पनि भनिन्छ। यहाँका मानिसहरू निकै मिलनसार र मायालु छन् । यहाँ विभिन्न जातका मानिसहरु मिलेर बस्छन् र राम्रो व्यवहार पनि गर्छन् । हामी सबैले पोखरालाई सफा र सुन्दर राख्नुपर्छ ।
7 reads
Published on 10/5/2026
Arshav Man Gubhaju is student at Deerwalk Pokhara School who is passionate about reading and writing.
Arshav Man Gubhaju
Grade 5
Roll No: 34019
Deerwalk Pokhara School
2
More Articles from
Student