नयाँ नेपाल निर्माणको सपना
नयाँ नेपाल निर्माणको सपना
आफ्ना इच्छाका पाना पल्टाएर हेर्दा,
दिमागमा अङ्किएका तरङ्गका तस्बिर कोर्दा।
सहिदका बलिदान सम्झिएर फेरि
कल्पनाको देशमा उड्नुको गर्व हेरी ।
अहिलेका पिँढीलाई अब कसरी बुझाऊँ?
अत्याचारीका कठोर शिर कसरी झुकाऊँ?
लाख कोसिस गर्दा पनि हुन्न नयाँ थालनी,
फेरि सोच्छु, के एकदिन म यो गर्न सकुँला नि?
नयाँ नेपाल निर्माण त सपना नै भइगयो,
नेताका भाषण र वचन केवल खेल भयो।
हत्या, हिंसा र बलात्कार कति यहाँ बढ्छन्,
मद्यपानमा झुम्नेहरू देश कसरी सुधार्छन् ?
जुनसुकै समाचार खोल्छु, सुन्छु एउटै भाषण
"समृद्ध नेपाल, सुखी नेपाली हामी बनाउँछौँ।
" सोच्छु नेपाली कहिले खुसी होलान्, कहिले होला समृद्ध?
अहिले हामी बाँचिरहेछौँ कि केवल भ्रममा प्रतिबद्ध?
हे बुबा, आमा, दाजु, भाइ, दिदी र बहिनी हो!
नयाँ नेपाल निर्माण गर्ने कर्तव्य हाम्रै हो।
त्यसैले यो सपना साकार पार्न अघि सरौँ,
हातमा हात, काँधमा काँध मिलाई अघि बढौँ।
2 reads
Published on 8/5/2026
Avani Duwadi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Avani Duwadi
Grade 11
Roll No: 28047
2
More Articles from
Student