underline

जीवनको बाटो

Underline

Share:

जीवनको बाटो

आकाशमा जून मुस्कुराउँछ,

ताराहरूसँगै चम्किरहन्छन् ।

शान्त रातको मिठो काखमा

सपना बिस्तारै फुलिरहन्छ।

बतासले गीत सुनाउँछ

मनका कुरा बगाउँदै जान्छ।

हराएका केही पलहरू पनि

सम्झनामा फेरि फर्क्याउँछ

फूलहरू ओइलाउँछन् ।

तर ठीक स्याहार पाए जुर्मुराउँछन् ।

उम्रन्छन् नयाँ कोपिलाहरू

र फक्रन्छन्

सपना सजाउनुपर्छ

पूरा हुन्छन्

साना सपनाहरू पनि ठुला बन्छन्।

नदी बगेझैँ उमेर बग्छ,

समय कहिल्यै रोकिँदैन

जे छ, जसो छ,

जीवनमा खुसी हुनुपर्छ

जीवनमा रमाउने बाटाहरू

कसैले रोक्न सक्दैन।

जीवनका बाटाहरू जति लामा भए पनि,

आशा कहिल्यै हराउँदैनन्।

अँध्यारो रातपछि

बिहान उज्यालो अवश्य आउँछ।

8 reads

Published on 7/30/2026

Image

Avani Duwadi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Avani Duwadi

Grade 11

Roll No: 28047

1