विद्यालय जीवन
विद्यालय जीवन
विद्यालय जान मलाई मन पर्छ
बिहान सबेरै उठेर तयार हुन्छु
झोला बोकी म स्कुल जान्छु
बाटोभरि साथीहरूसँग हिँड्छु
क्लासमा पुग्दा घण्टी बज्छ
सर आएर पढाउन थाल्नुहुन्छ
कहिले पढाइ सजिलो लाग्छ
कहिले निकै गाह्रो पनि हुन्छ
टिफिन बेला सबै खुसी हुन्छन्
साथीहरू मैदानतिर दौडिन्छन्
कोही फुटबल खेल्न थाल्छन्
कोही बसेर गफ गर्न थाल्छन्
म पनि साथीहरूसँग रमाउँछु
हाँस्दै दिन बितिरहेको हुन्छ
कहिलेकाहीँ सरले कराउनुहुन्छ
तर फेरि सबै चुप लाग्छौँ
घर फर्केर खाना खान्छु
अनि अलि आराम गर्न बस्छु
मोबाइल चलाउन मन लाग्छ
गेम खेल्दै समय बित्छ
आमाले धेरै पढ भन्नुहुन्छ
म चाहिँ “अलि पछि” भन्छु
होमवर्क धेरै हुँदा दिक्क लाग्छ
तर नसकी पनि हुँदैन
परीक्षा नजिक आउँदा डर लाग्छ
साथीहरू सबै पढ्न थाल्छन्
म पनि किताब खोल्छु
तर ध्यान धेरै बस्दैन
राति अबेरसम्म पढ्ने सोच हुन्छ
तर निद्राले आँखा बन्द हुन्छ
पास भए धेरै खुसी लाग्छ
विद्यालय जीवन रमाइलो लाग्छ
2 reads
Published on 8/14/2026
Sadik Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Sadik Shrestha
Grade 8
Roll No: 31065
2
More Articles from
Student