बिहान यहाँ माछापुच्छ्रे त्याे हिमाल हाँस्दछ

सराङ्काेट डाँडा गहना लगाई सङ्गीतमा नाँच्दछ

फेवातालको काखमा प्याराे हिमाल हाँस्दछ

नेपालको चित्रमा यस्ले सुन्दर रङ भर्दछ ।

सन्ध्याकालमा शान्तिस्तुप डाँडामा हाँस्दछ

रमणीय ठाउँ लोभ लाग्दो सहर निरन्तर बाँच्दछ

विन्दवासिनी देवता ढाेगी आशीर्वाद लिने छन्

पर्यटक आई रमाइलो मानी साैन्दर्य पिउँदछन् ।

सुन्दर सहर वर्णन गरी म धेरै थाकेँ है

सुन्दर दृश्य मनकाे एउटा कुनामा राखेँ है

बिहान उठी फेवाताल देख्दा मन नै रमाइलो

सराङ्काेटकाे सूर्याेदय त हुन्छ झन् घमाइलो ।

फरक भेष फरक जाति मिलेर बसेका

देवीकाे रूपमा झरना र तालले मित्रता गाँसेका

रारा,बेगनास रूपा र फेवा क्या राम्रो देखेको

मुहार झैँ झल्मल अन्नपूर्णले पाइला टेकेकाे ।

रमणीय सुन्दर मुहारबाट हटाउँ बादल

प्रकृतिकाे विचित्रताकाे रसिलाे आँचल

फेवातालको काखमा हिमाल हाँसेर बस्दछ

नेपालको चित्र विचित्रतामा सुन्दर रस छ ।