नेपालको सुन्दरमध्ये यो पनि पर्छ

यहाँको सुन्दरतालाई मेरो सलाम छ

एक चोटी यहाँ आएपछि फेरि नजाऊँ जस्तो

कस्तो राम्रो ठाउँ छ यो स्वर्गजस्ताे

हिमाल र तालै ताल अति राम्रो लाग्छ

एक चोटी हेर्‍याे भने सबै थकान मेट्छ

कति राम्रो छ यो ठाउँ अति लोभै लाग्ने

यत्ति राम्रो छ यो मनै थाम्न नसक्ने ।

जत्ति हेर्‍याे उत्ति राम्रो छैन केही कमी

यसकाे सन्दरता सबलाई लाेभ्याउने छ नि

हिमाल र लेक बेसीले भरिएकाे ठाउँ

पोखरा हो यस्तो सुन्दर ठाउँको नाउँ

लेक अनि तालहरूले सुन्दर बनाउने

अझै सुन्दर होस् भनी हामीले वर माग्ने

मोती झैँ टल्किने हिमाल छ यहाँ

धेरै पर्यटक पनि घुम्न आउँछन् जहाँ

हिमाल हास्ने ठाउँ हो यो प्याराे पाेखरा

चारैतिर सुन्दर छ धेरै हराभरा